नियम ३९
डाक्टर ज“चाउने
(१) जेलरले कारागारका कैदी थुनुवाहरु विरामी भएमा कारागारको भए कारागारको डाक्टर चिकित्सक र कारागारको नभए नेपाल राज्यभित्र नजिक इलाकाको पाएसम्म सरकारी अस्पताल, डिस्पेन्सरीको डाक्टर वा अन्य योग्य चिकित्सक कहा“ लगी वा आवश्यक भए बोलाई निजबाट ज“चाई समयमा औषधी उपचार गराउन पर्छ ।
(२) कडा रोग लागेको कुनै कैदी थुनुवालाई त्यसरी उपनियम (१) बमोजिम जचाउ“दा डाक्टर चिकित्सकले कारागार बाहिर नजिक इलाकाको वा नेपाल राज्यभित्र कहीको अस्पताल स्वास्थ्य गृहमा राखी वा विशेषज्ञबाट ज“चाई उपचार गराउनु अत्यावश्यक छ भनी प्रमाणित गरिदिएमा जेलरले सो बमोजिम समयमा ज“चाउने, इलाज गराउने वा भर्ना गर्न उचित प्रबन्ध मिलाउनु पर्छ ।
(३) उपनियम (१) र (२) बमोजिम कारागार बाहिर ज“चाउनु वा अस्पताल, स्वास्थ्य गृहमा भर्ना गर्न लैजादा, ल्याउदा वा भर्ना गरी राख्दा कैदी थुनुवा भाग्न, भगाउन नपाउने गरी पालोपहराको राम्रो प्रवन्ध मिलाउनु पर्छ ।
तर नजिक इलाकाको बाहेक बाहिर वेईलाकाको विशेषज्ञ ज“चाईएका अस्पताल, स्वास्थ्य गृहमा भर्ना गरी औषधि उपचार गराउन आवश्यक भए त्यस्तो विरामी कैदी थुनुवालाई ईलाका पर्ने कारागारमा सरुवा गर्नु पर्छ ।
(४) विरामी बाहेक अरु कैदी थुनुवालाई पनि रोगबाट बचावट गर्न बराबर
डाक्टर चिकित्सकबाट ज“चाई डाक्टर चिकित्सकको राय बमोजिम आवश्यक व्यवस्था
मिलाउन पर्छ ।
(५) गम्भीर प्रकृतिको रोग लागेको थुनुवा वा कैदीलाई नियमित औषधि उपचारको अतिरिक्त पौष्टिक खुराक आवश्यक छ भनी चिकित्सकले सिफारिस गरेमा
एक पटकमा थुनुवा वा कैदीको कुल संख्याको बढीमा एक प्रतिशतसम्म वा एक सयभन्दा थोरै कैदी वा थुनुवा भएको कारागारमा एक जनासम्मलाई प्रति दिन एकसयग्राम खसीको मासु वा सोको मूल्य बराबरको अरु प्रकारको पौष्टिक पदार्थ पौष्टिक खुराक स्वरुप उपलब्ध गराउन सकिनेछ ।